राष्ट्रिय वाणिज्य बैंकमा पहिलेको विज्ञापन रद्ध

राष्ट्रिय वाणिज्य बैंकमा पहिलेको विज्ञापन रद्ध

राष्ट्रिय वाणिज्य बैंकले नयाँ कर्मचारीको निम्ति रोजगारी खुलाएको छ । २०७५ चैतमा खुलाइएको विज्ञापनसँग सम्बन्धित सबै प्रक्रिया खारेज गरिएको तीन वर्षपछि नयाँ आवेदन खुल्ला गरिएको हो ।

त्यतिबेलाको विज्ञापनलाई लिएर सर्वोच्च अदालतमा वाणिज्य बैंकविरुद्ध परेको रिट निवेदनमा विज्ञापन रद्धको आदेश भएको हो । तर अहिले नयाँ नियमावलीमा आधारित भएर कर्मचारी माग गरिएको बैंकका विभागीय प्रमुख भीम घिमिरेले बताउनुभएको छ ।

त्यतिबेला शैक्षिक योग्यता, उमेर र अन्य भित्री कुराहरु नमिलेको कारण अदालतमा मुद्दा परेको जानकारी पनि उहाँले दिनुभयो । घिमिरेले भन्नुभयो, ‘पहिलेको विज्ञापन नै खारेज भइसकेको छ । अहिले सबै पक्षलाई ध्यानमा राखेर नयाँ आवेदन खोलिएको हो ।’

बैंकले आज प्रकाशित गरेको सूचनामा विभिन्न १२ पदका लागि आवेदन माग गरेको हो । जसमा ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक सूचना प्रविधिसम्म छन् । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक प्रशासन, एक जना उपप्रबन्धक लेखालाई पनि विज्ञापन माग गरिएको हो ।

कुल ८ सय ४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २ सय जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १ सय ७८ जना छन् ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/10/1635635764OpenCompetition_20780714.pdf”]

टिप्पणीहरू