राष्ट्रपति भण्डारी हिजो मुक्तिनाथ, आज लुम्बिनी र भोलि मनाङ

राष्ट्रपति भण्डारी हिजो मुक्तिनाथ, आज लुम्बिनी र भोलि मनाङ

हिजो मुक्तिनाथ दर्शनको लागि मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जानुहुने भएको छ । भगवान सिद्धार्थ गौतमको जन्मभूमि लुम्बिनीमा सबैभन्दा अग्लो बुद्ध मूर्ति प्रतिस्थापन गर्नेलगायतका कार्यक्रम रहेको बताइएको छ ।

आज लुम्बिनीमा राष्ट्रपतिले बिहान १० बजे सबैभन्दा अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम रहेको बताइएको । हिजो साँझ मुक्तिनाथबाट काठमाडौं फर्कनुभएकी राष्ट्रपति आज साँझ पनि राजधानी नै आउनुहुनेछ ।

भोलि बिहान मनाङ जाने र त्यहाँ व्यावसायिक स्याउ खेतीको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू