आज कोरोनाबाट २ जना बिते, ५ सय बढी संक्रमित

आज कोरोनाबाट २ जना बिते, ५ सय बढी संक्रमित

आज मुलुकभर ५ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज दुई जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ जनामा पीसीआर तथा २ हजार ५ सय ७ जनामा एन्टिजेन गरी ९ हजार ४ सय ९५ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ११ हजार ३ सय ५५ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ पुगेको छ ।

टिप्पणीहरू