​हन्टिङले यतातिर हान्दा

पाएसम्म मुर्गा खोज्ने, नभेटे आफैं चलचित्र निर्माण गरेर टाट बन्नेहरूको लस्कर बढ्दै जान थालेको छ । यस्तै टाट पल्टिएका फिल्मकर्मीहरूको भीडमा अर्काे एक नयाँ निर्माता भेटिएका छन् । अघिल्लो आर्थिक वर्षमा झन्डै ९० चलचित्र निर्माण भएकामध्ये दर्जन हाराहारीमा चलचित्रले मात्र नाफा कमाए । बाँकी चलचित्रले पानीसमेत पिउन पाएन । चलचित्रको भीडमा अर्काे चलचित्र पनि थपिएको छ नेप्टे ।

रोहित रुम्बाले निर्माण गरेको ‘नेप्टे’ मा अभिनेता दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ, रोहित, ए गुरुङ, बुद्धि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिसा सिलवाललगायत कलाकारको अभिनय छ । जसलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्मको कथा रोहित आफैंले लेखेका छन् । तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्म दर्शकले रुचाएनन् । यो चलचित्र रोहित रुम्बाले भक्तपुरमा रहेको डेढ रोपनी जग्गा बेचेर फिल्म निर्माण गरेको बताएका थिए । १८ वर्षदेखि यही क्षेत्रमा संघर्षरत नेप्टेले उनको लगानी उठाउन नसकेपछि अब फिल्म लाइनबाटै सन्न्यास लिन्छन् वा फेरि अर्काे चलचित्र निर्माण गर्छन् त्योचाहिँ हेर्न बाँकी छ । 

टिप्पणीहरू