सर्वोच्चमा इजलास तोकियो, जनतालाई दुःख नदिन न्यायाधीशहरुलाई सम्झाइने

सर्वोच्चमा इजलास तोकियो, जनतालाई दुःख नदिन न्यायाधीशहरुलाई सम्झाइने

सर्वोच्च अदालतमा आज पनि इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले भर्खरै दुइटा एकल,८ वटा संयुक्त र एउटा संवैधानिक इजलास तोक्नुभएको छ ।

एकल इजलासमा राणा आफू र टंक मोक्तान रहनुभएको छ भने संयुक्त इजलासमा उहाँनिकट प्रकाशकुमार ढुंगाना र डा.मनोजकुमार शर्मासहित अरु सबै छुट्टाछुट्टै हुनुहुन्छ ।

त्यस्तै संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ तोकिनुभएको छ ।

यसैबीच अधिवक्ता तथा अभियन्ता स्वागत नेपालसहित कानुन व्यवसायीहरुले सर्वोच्च अदालत पुगेर जनतालाई दुःख नदिन अनुरोध गर्न लागेका छन् । उनीहरुले न्यायाधीशहरुको विवादका कारण जनताले दुःख नपाउन् भन्ने सन्देश दिन अदालत गइरहेको बताएका छन् ।

टिप्पणीहरू