भारतीय पूर्वराजदूत खुमलटारमा, को को थिए साथमा ?

भारतीय पूर्वराजदूत खुमलटारमा, को को थिए साथमा ?

आइतबार काठमाडौं आएका नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको बुझिएको छ ।

रेलाई लिएर काँग्रेस नेता अमरेशकुमार सिंह बत्तिसपुतलीबाट खुमलटार पुग्नुभएको दाहालका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभएको छ । उहाँहरुबीच झण्डै एक घण्टा लामो छलफल भएको हो ।

भेटघाटमा दाहाल र रेमात्रै हुनुहुन्थ्यो वा उहाँहरुबीचको छलफलमा सिंह पनि सँगै बस्नुभएको थियो भन्ने विषयमा केही पनि जानकारी दिइएको छैन । हिजो दाहाललाई रेको विवादास्पद पुस्तक समीक्षा कार्यक्रममा बोलाइएको थियो ।

टिप्पणीहरू