एमसीसी कार्यालय तत्काल हटाउन विप्लव माओवादीको चेतावनी

एमसीसी कार्यालय तत्काल हटाउन विप्लव माओवादीको चेतावनी

नेकपा विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यालय हटाउन लिखित आग्रह गर्दै चेतावनी समेत दिएको छ । पाल्पाको रामपुरमा रहेको एमसीसीको शाखा कार्यालयका प्रमुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा कार्यालयलाई तत्काल हटाएर देशको स्वाभिमान र सार्वभौमिकताको संघर्षमा सहयोग गर्न ज्ञापनपत्रमा आग्रह गरिएको हो ।

आज दिउँसो रामपुर नगरपालिका ५, स्थित श्याम श्रेण्ठको घरमा रहेको एमसीसी परियोजनाको कार्यालयमा विप्लव समूहका आठ जना पुगेर उक्त पत्र बुझाएका हुन् । एमसीसीको बिरोध गर्दै रामपुर कार्यालयमा पुगेकाहरुमा विप्लव समूहको पाल्पा जिल्ला जनसरकार प्रमुख मिनबहादुर आले, मगर मुक्ति मार्चाका केन्द्रीय महासचिव इन्द्र घर्तीमगर, नरमबहादुर सार्कीसहित थिए ।पत्रमा एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, स्वाधिनता, संविधान, कानुन, सुरक्षा अन्तर्राष्ट्रिय मैत्रीसम्बन्ध विपरित रहेको उल्लेख छ । ‘नेपाल सरकारले समेत संसदबाट अनुमोदन गर्न नसकेको उक्त सम्झौतालाई जबरजस्ती लाद्ने कुचेष्टा नगर्न हामी चेतावनी दिन चाहन्छौं,’ पत्रमा भनिएको छ ।

टिप्पणीहरू