रेडपाण्डा मारेको मार्यै, छाला बेचेको बेच्यै

रेडपाण्डा मारेको मार्यै, छाला बेचेको बेच्यै

अति दुर्लभ वन्यजन्तु रेडपाण्डा मार्ने र छाला बेच्ने कार्य पछिल्ला दिनमा निकै बढेको छ । रेडपाण्डाको छालासहित प्रहरीले काठमाडौंबाट फेरी पनि पाँच जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले रेडपाण्डाको छालासहित काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी र रसुवा गोसाईंकुण्ड गाउँपालिका–६ का २० वर्षीय दावा घलेलाई चाबहिलबाट पक्राउ गरेको हो ।

चाबहिलको एउटा क्याफेबाट छाला बेच्ने क्रममा उनीहरु पक्राउ परेको महाशाखाले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि आज जिल्ला वन कार्यालय, काठमाडौं पठाइएको छ ।

उनीहरुको साथबाट ९० सेन्टिमिटर लम्बाई र १५ सेन्टिमिटर चौडाईंको दुर्लभ वन्यजन्तु रेडपाण्डाको एक थान छाला र छ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू