नारायणी किनारमा कमरेडहरुको चहलपहल

नारायणी किनारमा कमरेडहरुको चहलपहल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० औँ महाधिवेशनको उद्घाटन समारोह चितवनको नारायणगढस्थित नारायणी नदीको किनारमा हुने भएको छ । बन्द सत्र भने पर्यटकीय क्षेत्र सौराहामा गर्ने योजना छ ।

मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमाले चितवनले उद्घाटन र बन्द सत्रको लागि दुई वटा स्थान फरक स्थान सिफारिस गरेको बताइएको छ । जिल्ला कमिटीले त्यहिअनुसार आज एमाले केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।

उपयुक्त अधिवेशनस्थल खोज्न सुरेन्द्र पाण्डे,काशीनाथ अधिकारीलगायत नेताहरु हिजो नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकनमा गएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभएको छ । उद्घाटनमा लाखौं नेता तथा कार्यकर्ता र समर्थकको सहभागिता हुने भएकाले नारायणी नदी किनारको स्थान रोजाइमा परेको स्थान छनौटमा हिँडेका एक जना नेताले बताएका छन् ।

टिप्पणीहरू