लाइसेन्सको नँया आवेदन खुल्दै

लाइसेन्सको नँया आवेदन खुल्दै

विगत ६ महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नँया आवेदन यही साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले एकदुई दिनमा लाइसेन्सको नँया आवेदन खोल्ने तयारी गरेको हो ।

सकेसम्म एकदुई दिन नभए शुक्रबारसम्म लाइसेन्सको नँया आवेदन खोल्ने प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ । दैनिक कार्यालय कोटा निर्धारण गरेर आवेदन दिने र क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउने प्राविधिक तयारी पूरा भइसकेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताएका छन् ।

‘शुक्रबारसम्म नँया आवेदन फारम खुल्ने छ’, भुसालले भने । तर काठ्माडौंमा नँया आवेदन दिनेहरुको ट्रायलको पालो भने तीन महिना अघि सम्भव नहुने उनको भनाइ छ । उपत्यका बाहिरका जिल्लाका आवेदकले भने १५ दिनमै ट्रायल दिनसक्ने उनको भनाइ छ ।

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । निषेधाज्ञा हुनभन्दा अगाडि आवेदन दिएका सात लाखले अहिले धमाधम ट्रायल दिइरहेका छन् ।

टिप्पणीहरू