प्रधानन्यायाधीशसङ्गको वार्ता सकियो,भोलि फेरि बस्ने र सच्चिएर जाने सहमति

प्रधानन्यायाधीशसङ्गको वार्ता सकियो,भोलि फेरि बस्ने र सच्चिएर जाने सहमति

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र नेपाल बार एशोसियशनका प्रतिनिधिहरुबीचको छलफल भर्खरै सकिएको छ । बारले प्रधानन्यायाधीश राणामाथि उठेका प्रश्नबारे अघि दुई घण्टाभन्दा बेसी छलफल गरेको हो ।

प्रधानन्यायाधीश राणामाथि मन्त्रिपरिषद् र संवैधानिक निकायमा भागबण्डा खोजेको,न्यायालयलाई सेटिङमा चलाएको,सर्वोच्च अदालतमा भ्रष्टाचार मौलाएको जस्ता आरोप लागेको छ । राणाको कार्यशैलीले स्वतन्त्र न्यायालयको गरिमामाथि प्रहार गरेको भन्दै असन्तुष्ट रहेको बारले आज २ घण्टासम्म राणासँग छलफल गरेको हो ।

बार र राणाबीच खुलमखुला छलफल भएको एक प्रतिनिधिले बताएका छन् । उनकाअनुसार छलफलमा बारका प्रतिनिधिहरुले न्यायपालिकाकामाथि उठेका प्रश्नको सम्बन्धमा राणाको जवाफ मागेका थिए । उनीहरुले प्रधानन्यायाधीश लाई सुध्रिन आग्रह गरेका थिए ।

प्रधानन्यायाधीश राणाले भने आफू सुधार गरेर जान तयार रहेको प्रतिबद्धता जनाउँदै बार र बेञ्चबीच विवाद चर्काउन नहुने र सुधारको नतिजा पर्सिदेखि नै देखिनेमा जोड दिएको बताइएको छ । राणाले भोलि फूल कोर्टको बैठक बोलाएर डेढ बजे फेरि बारसङ्ग छलफल गर्ने प्रतिबद्धता जनाएपछि छलफल टुंगिएको बारका प्रतिनिधिले जानकारी दिए ।

बारले प्रतिवद्धताअनुसार सुधार नभए थप आन्दोलनको चेतावनी समेत दिएको छ ।

टिप्पणीहरू