दक्षिण कोरियाले पहिलोपटक अन्तरिक्षमा रकेट पठायो

दक्षिण कोरियाले पहिलोपटक अन्तरिक्षमा रकेट पठायो

दक्षिण कोरियाले स्वेदशमा बनेको पहिलो अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । राजधानी सियोलको दक्षिणतर्फ रहेको गोहियुङबाट आज नुरी नामक अन्तरिक्ष रकेट प्रक्षेपण गरिएको हो ।

एसियामा चीन,भारत र जापानसहितका अति थोरै मुलुकले मात्रै अत्याधुनिक अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सफलतापूर्वक अन्तरिक्षमा रकेट पठाएसंगै उक्त सूचीमा दक्षिण कोरियासमेत समावेश भएको छ ।

हालै मात्र दुवै कोरियाली मुलुकले नयाँ हतियार प्रक्षेपण गरेका थिए । दक्षिण कोरियाले सन् २०२७ सम्ममा थप चार वटा रकेट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ ।

दक्षिण कोरिया प्रविधिको पावरहाउसको रुपमा रहँदै आए पनि अन्तरिक्षसम्बन्धी अन्वेषणको मामिलामा भने पछाडि छ ।

यसअघि सन् २००९ र २०१० मा पनि दक्षिण कोरियाले अन्तरिक्षमा रकेट पठाउने प्रयास गरेको थियो तर सफल हुन सकेको थिएन । सन् २०३० सम्ममा चन्द्रमामा एउटा यान पुर्‍याउने दक्षिण कोरियाको लक्ष्य छ ।

टिप्पणीहरू