एमाले बैठक अघि नै शुरु,रावल भर्खरै छिरे

एमाले बैठक अघि नै शुरु,रावल भर्खरै छिरे

एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि शुरु भएको बैठक अहिले जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य समाप्त भएको टिप्पणी गरेको भोलिपल्ट बसेको बैठकमा तत्कालीन माधव नेपाल समूहका नेताहरु पनि सहभागी छन् ।

ओलीको अभिव्यक्तिको सार्वजनिक रुपमै खण्डन गर्नुभएका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल भने ढिलो गरी बैठकमा छिर्नुभएको बुझिएको छ ।

त्यसअघि रावल,भुसाल र सुरेन्द्र पाण्डेले आफूनिकट नेताहरुसँग छुट्टै छलफल गरेको बताइएको छ । १० बुँदेलाई लिएर ओलीले दिएको अभियक्तिबारे बैठकमा कुरा उठाउने रावलहरुको तयारी रहेको जनाइएको छ ।

आजको बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिकास्तरीय अधिवेशनको तयारी, राष्ट्रिय महाधिवेशन र अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको छ । अहिले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।

टिप्पणीहरू