एमाले विवाद फेरि फेसबुकमा,उपाध्यक्ष रावलद्वारा अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना

एमाले विवाद फेरि फेसबुकमा,उपाध्यक्ष रावलद्वारा अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना

दशैँलगत्तै स्थायी समिति बैठकको मुखैमा नेकपा एमालेभित्र १० बुँदेको किचलो चर्किएको छ । उक्त सम्झौता कार्यान्वयनलाई लिएर ‘तेस्रो धार’ भनिएको समूह असन्तुष्ट भैरहेकै बेला अध्यक्ष केपी शर्मा ओलीले हिजो सम्झौताको औचित्य समाप्त भएको घोषणा गरेपछि किचलो बढेको हो ।

एमालेको तत्कालीन माधव नेपाल समूह छोडेर ओलीलाई साथ दिएका १० भाइले १० बुँदे कार्यान्वयनमा जोड दिइरहेका बेला ओलीको यस्तो टिप्पणी आएपछि तेस्रो धार सामाजिक सन्जालमार्फत छताछुल्ल भएको हो । तेस्रो धारका नेताहरुले ओलीलाई उहाँकै शैलीमा जवाफसमेत फर्काएका छन् ।

अध्यक्ष ओलीले हिजो बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै १० बुँदे सम्झौताको अब कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभएको थियो । पार्टी एकताका लागि १० बुँदे गरिएको भएपनि माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भएकाले सम्झौताको औचित्य समाप्त भएको ओलीको भनाइ थियो । ओलीको उक्त भनाइको खण्डन गर्दै उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले तत्काल जवाफ फर्काउनुभएको हो ।

‘सम्झौता गर्ने तर त्यसको कार्यान्वयनमा रुचि नराख्ने उहाँ (ओली)को कार्यशैली नै हो । आशंका हुँदाहुँदै पनि हामीले सम्झौता गरेका हौँ । अहिले औचित्य छैन भन्ने हो भने पार्टी एकता कसरी कायम हुनसक्छ ?’

ओलीलाई जवाफ दिँदै उपाध्यक्ष रावलले १० बुँदेको औचित्य स्थापित भैसकेकाले ठण्डा दिमागले सोच्न भन्नुभएको छ । १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे बिगुल भएको रावलको जवाफ छ । ओलीले भने १० बुँदेको एकतारे बजाउनुको अब कुनै आवश्यकता नरहेको बताउनुभएको थियो । ‘अब १०बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन,माधव आउँछन् कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरिया”थ्यो,अब केको १० बुँदे ?’, ओलीको भनाइ थियो ।

सामाजिक सञ्जालमा ट्विट गर्दै रावलले भन्नुभएको छ, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

१० बुँदेलाई लिएर ओलीको आक्रामक अभिव्यक्ति आएपछि उपमहासचिव भुसालले पनि सामाजिक सञ्जालबाटै प्रतिवाद गर्नुभएको छ । भुसालले पार्टी खोक्रो भैसक्दा पनि ओलीले अझै नचेतेको आशयसहितको जवाफ दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘भद्दा भौतिकवाद : यावत् जीवेत् सुखम् जीवेत्। ऋणम् कृत्वा घृतं पिवेत्। भस्मिभूतस्य देहस्य पुनरागमनं कुत:’

“तेस्रो धारका नेताहरुले ओलीलाई उहाँकै शैलीमा जवाफसमेत फर्काएका छन् । “

एमालेमा अन्तरसंघर्ष चर्किंदै जाँदा आन्तरिक एकताका लागि भन्दै १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै माधव नेपालले छुट्टै पार्टी दर्ता गरे पनि माधव समूहका १० जना स्थायी कमिटी सदस्य भने एमालेमै फर्किएका थिए ।

उक्त सहमति एमालेको केन्द्रीय कमिटीबाट अनुमोदन भएर अपानि जारी भैसकेको छ। तर, धेरै ठाउँमा सहमति कार्यान्वयन भएको छैन । तेस्रो धारका अर्का एक नेताले पनि १० बुँदेको औचित्य स्थापित भैसकेको र त्यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभएको छ । ‘१० बुँदेको औचित्य अहिले पनि सकिएको छैन । पार्टीले संस्थागत गरेर अपानिसमेत जारी भैसकेको छ । त्यसैले पार्टीको निर्णय मान्ने हो भने १० बुँदे कार्यान्वयन गर्नुको अर्को विकल्प छैन’,उहाँ भन्नुहुन्छ ।

१० बुँदेको औचित्य छैन भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिलाई उहाँले बेइमानी र धोकाको संज्ञा दिनुभयो । पार्टी फुटबाट जोगाउन अपमान सहेर पनि सहमति गरेको तर,अध्यक्ष ओली उक्त सहमतिप्रति इमान्दार नहुँदा समस्या थप बल्झिएको उहाँको बुझाइ छ । ‘सम्झौता गर्ने तर त्यसको कार्यान्वयनमा रुचि नराख्ने उहाँ (ओली)को कार्यशैली नै हो । आशंका हुँदाहुँदै पनि हामीले सम्झौता गरेका हौँ । अहिले औचित्य छैन भन्ने हो भने पार्टी एकता कसरी कायम हुनसक्छ ?’ ओलीलाई उहाँको प्रश्न छ ।

‘अब १०बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन,माधव आउँछन् कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरिया”थ्यो,अब केको १० बुँदे ?’, ओलीको भनाइ थियो ।

१० बुँदे सहमतिको मूल स्पिरिट एमालेलाई माओवादीसँग एकता हुनुपूर्वको अवस्थामा फर्काएर पार्टी र जनसंगठनका सबै तहका कमिटीलाई क्रियाशील गराउने हो । तर,उक्त सहमति विपरित सुदूरपश्चिम,बागमती,प्रदेश १ र २ लगायत अन्य कतिपय जिल्लामा जेठ ३ पछिकै कमिटीलाई निरन्तरता दिइएको छ । ०७५ जेठ २ मा एमाले सुदूरपश्चिमको संयोजक रहनुभएका रावललाई उक्त जिम्मेवारी फर्काइएको छैन ।

तत्कालीन नेकपामा अन्तरसंघर्ष चर्किएका बेला ओलीपक्षले छुट्टै बनाएको कमिटीलाई नै निरन्तरता दिइएको छ । रावलको ठाउँमा माओवादीबाट एमालेमा प्रवेश गरेका लेखराज भट्टलाई ओलीपक्षले इञ्चार्ज बनाएको थियो । १० बुँदेपछि पनि ओलीको ठाडो आदेशमा भट्टलाई नै इञ्चार्जमा निरन्तरता दिइएको छ ।

यता,बाग्मतीमा पनि माओवादीबाट आएका रामबहादुर थापालाई इञ्चार्जको जिम्मा दिइएको छ । १० बुँदे कार्यान्वयन हुँदा अष्टलक्ष्मी शाक्य त्यहाँको इञ्चार्ज हुनुपर्ने हो । त्यस्तै समस्या प्रदेश १ मा समेत रहेको बताइन्छ ।

टिप्पणीहरू