माओवादीको बैठक बस्यो,एमालेको बस्दै

माओवादीको बैठक बस्यो,एमालेको बस्दै

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय,पेरिस डाँडामा बसेको छ । बैठक भर्खरै शुरु भएको हो ।

उता एमाले स्थायी समितिको बैठक भने दिउँसो ३ बजे बोलाइएको छ । एमाले बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान,च्यासल,ललितपुरमा बोलाइएको हो । आजको बैठकमा गत महिना सम्पन्न विधान महाधिवेशनको समीक्षा,कात्तिक ६ गते हुने भनिएको वडा अधिवेशन, ९ गते हुने भनिएको पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

आज पनि नेपाल दुग्ध विकास संस्थानमा कर्मचारीहरुको बिरोध कार्यक्रम जारी हुने भएको छ । कर्मचारी संघले २० बुँदे माग पूरा नभएको भन्दै बिरोध कार्यक्रमको आयोजना गरेको हो । संस्थानको कार्यालय,लैनचौरमा बिहान ११ बजेदेखि बिरोध शुुरु हुने संघले जानकारी दिएको छ ।

उता नेपाली काँग्रेसको मुख्यालय, सानेपामा रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि भएको छ । कार्यक्रम बिहान ९ बजेबाट शुरु भएको हो ।

टिप्पणीहरू