जासुस बनाउने भन्दै युवतीलाई जिल्याउँदै

जासुस बनाउने भन्दै युवतीलाई जिल्याउँदै

राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागको अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठग्ने झापाली आज काठमाडौंबाट समातिएका छन् । झापाको कन्काई नगरपालिका–३, घर भई हाल चाबहिल बस्दै आएका ३५ वर्षीय निलम भट्टराईलाई प्रहरीले पक्रेको हो ।

भट्टराईले तनहुँको शुक्लागण्डकी नगरपालिका–३ की ३० वर्षीया दुर्गा पौडेल न्यौपानेलाई आफू राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकृत भएको बताउँदै जागिर लगाइदिने प्रलोभनमा १४ लाख ५० हजार रुपैयाँ लिएका थिए । उनले पहिले १५ लाख रुपैयाँ खर्च हुने बताएका थिए ।

तालिममा सिन्धुली जानुपर्छ भन्दै पीडितलाई काठमाडौं बोलाएर भट्टराई सम्पर्कविहीन भएको न्यौपानेको जाहेरीमा उल्लेख छ । त्यसैको आधारमा प्रहरीले भट्टराईको खोजतलास शुरु गरेको बताइन्छ । उनले सिन्धुलीमा ४५ दिनको तालिम हुनेसमेत बताएका थिए ।

खोजतलासको क्रममा भट्टराईलाई प्रहरीले वीरेन्द्रनगर नगरपालिका ६, सुर्खेत बसपार्कबाट पक्राउ गरेको हो । सुर्खेतमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले उनलाई त्यहाँबाट समातेको हो ।

ठग भट्टराईलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू