​कुन–कुन बिदा काटिँदै ?

भद्रगोल नभएको कुनै पनि क्षेत्र छैन हाम्रो नेपालमा । तर, सरकारी बिदामा समेत त्यस्तै भद्रगोल हुनुचाहिँ बिल्कुलै राम्रो कुरा होइन । हुन पनि अन्तर्राष्ट्रिय प्रचलित मान्यता भन्दा हाम्रोमा वार्षिक २२ दिन बढी बिदा दिने गरिएको छ ।

दैनिक आठ घण्टाको दरले हरेक वर्ष न्यूनतम २०५०  कार्य घण्टा (वर्किङ आवर) हुनुपर्ने विश्वव्यापी मान्यता छ । तर, नेपालमा त्यो सीमा पु¥याउन साविक छुटमा २२ वटा बिदा कटौती गर्नुपर्ने हुन्छ । जातीय समावेशीताको नाममा कतिसम्म अव्यवस्थित र अवैज्ञानिक ढंगले सार्वजनिक बिदा तय गरिएको छ भने यहाँ ल्होसार नै ६ लाखका छन् । जुन धर्म र सम्प्रदायसँग सम्बन्धित चाडपर्व हो सो मान्नेलाई मात्र त्यसदिन बिदा दिने हो भने यस्तो अस्तव्यस्ततालाई मिलाउन सकिन्छ । हिन्दूहरूलाई क्रिसमस र इदको छुट्टीमा के स्वाद ? यदि मुस्लिम र क्रिश्चियन धर्मावलम्बीलाई मात्र सो दिन बिदा दिने हो भने कसैले आपत्ति जनाउने प्रश्नै उठ्दैन । बरु, दशैं, तिहार, होली, छठ जस्ता बहुसंख्यक नेपालीले मनाउने चाडमा मात्र सबैलाई बिदा दिए अरूले हामी त काम गथ्र्यौं भनेर पक्कै नारा लाउने थिएनन् ।

तन्त्र जोडिएका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रजस्ता दिवस भव्यताका साथ मनाए हुन्छ तर कार्यालयको काममा बाधा नपु¥याइकन । नारी दिवस, संविधान दिवस, राष्ट्रिय दिवस, नयाँ वर्ष (वैशाख १ गते) जस्ता सबैलाई महŒव दिने दिनलाई सार्वजनिक बिदामा पार्दा हुन्छ । अन्य बिदाको हकमा भाषा, धर्म, जात, सम्प्रदाय, क्षेत्र आदि हेरेर सरोकारवालालाई मात्र बिदा दिए पुग्ने सुझाव छ । बिदाकै विषयमा क्याबिनेट बैठकमा तीनचोटि छलफल चल्दा पनि कुनै टुंगो लाग्न सकेको छैन ।

सम्भवतः प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, निजामती सेवा दिवस मनाउने तर त्यसदिन बिदा नदिने गरी गृहकार्य हुँदै छ । वैशाख १, महाशिवरात्रि, फागु र बुद्ध पूर्णिमा, दसैंको सप्तमीदेखि एकादशीसम्म पाँच दिन, तिहारका तीन दिन सबैलाई छुट्टी, इन्द्रजात्रा, भोटोजात्रा र घोडेजात्रामा उपत्यकालाई मात्र बिदा दिने तर रामनवमी, जनैपूर्णिमाको छुट्टीचाहिँ कटौती गरिने सम्भावना छ । 

टिप्पणीहरू