आज राष्ट्रपति मन्दिर जाने,दुईतिर बिरोध हुने

आज राष्ट्रपति मन्दिर जाने,दुईतिर बिरोध हुने

आज राष्ट्रपति विद्यादेवी भण्डारी नवदुर्गा मन्दिरको दर्शन गर्न भक्तपुर जाने कार्यक्रम छ । कोजाग्रत पूर्णिमाको दिन राष्ट्राध्यक्ष उक्त मन्दिर जाने धार्मिक परम्परा हो । राष्ट्रपति दिउँसो ४ बजे भक्तपुर पुग्नुहुनेछ ।

आजै नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघ,केन्द्रीय समितिले संस्थानको कार्यालय लैनचौरमा बिहान ११ बजेदेखि बिरोध कार्यक्रम गर्दैछ । आफ्ना २० बुँदे माग पूरा नगरेको भन्दै संघले बिरोध कार्यक्रम गरेको हो । संघले हिजोदेखि बिरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उता, नेपाली काँग्रेसको मुख्यालय, सानेपामा महिनौंदेखि हुँदै आएको बिरोध कार्यक्रम आज पनि जारी हुने बताइएको छ । काँग्रेसले रौतहटमा क्रियाशील सदस्यता वितरणमा गरेको धाँधलीविरुद्ध हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

टिप्पणीहरू