​बडीगार्डलाई अर्कै प्लेट

प्रचण्डको बडीगार्ड बसेका प्रमुख सेनानी पवन खत्रीले सरकारी गाडीको सेतोप्लेटलाई झिकेर रातो हाली चढेका छन् । कमरेडले नै सिकाउनुभएको हो कि ? ट्राफिक प्रहरीले किन सही तरिकाले जाँच गरेका छैनन् ? रासन पानीदेखि माछामासुसम्म घर लैजानमा बल छ । इन्टेलिजेन्स शिक्षालयमा तालिम गर्नेलाई कुन दिन क्लास लिएका छन्, जुन दिन प्रथम गरेर अन्तिममा आए त्यहाँभन्दा बाहेक खानपान के कस्तो छ, कुनै दिन सोधेनन् ।

हामीले शिक्षालयको पदिक मेसमा खान हुँदैन थियो ? उनीहरुलाई बेलुका कुखुरा र खसीको मासु पुग्छ, मिले घर लैजान पनि हुन्छ । हामीलाई जवान भान्सामा खुवाइन्छ । डिएस भनौं सुवेदार कालीबहादुर थापाले न समय दिएका छन्, न त आफूले यो तालिम गरेका छन् । पदिकलाई त यो व्यवहार गर्नुभएको छ भने तालिमको सिपाही वा अन्य दर्जालाई कुन व्यवहार गर्नुभएको होला ! काली सुवेदारको बोली भने राउटेको जस्तो छ, आफूभन्दा माथिलाई श्रीमान् भनेर तन्किने, हामी पदिकलाई सैन्यको व्यवहार गर्नुहुन्छ ।

पदिकलाई हेपेर हिँड्ने र २० रुपैयाँको सुर्ती किनेर खान नसक्ने सिपाही टोलीसँग मागेर खाने प्रसू सुनिलले के सिपाही र पल्टनको हेरविचार गर्छन्, उनको बानी माथिको लाई कुरा लगाउनेबाहेक केही छैन । प्रसु सुनिल कोतमा केटीको चार घण्टाको ड्युटीमध्ये तीन घण्टा बिताएका हुन्छन् । तपाईंलाई सुवेदारको जस्तो काण्ड नलागोस् । यस शिक्षालयबाट बाहिर जानेलाई, त्यो पनि कि घरपायक र दुईवटा गणमा मात्र हालियो, डिजिएम आइका प्रसुदेखि सिपाही जवानलाई जतिसक्दो चाँडो अदलीबदली गरेमा राम्रो हुन्छ ।

– सकल दर्जा

टिप्पणीहरू