थानकोटमा कन्टेनर पल्टियो, सबेरैदेखि आवतजावत ठप्प

थानकोटमा कन्टेनर पल्टियो, सबेरैदेखि आवतजावत ठप्प

थानकोट नजिकै ग्यास सिलिण्डर बोकेको टेलर पल्टिँदा बिहान ५ बजेदेखि थानकोटबाट बाहिर जाने र राजधानी भित्रिने सवारी साधन बन्द भएका छन् । झण्डै दुई घण्टादेखि अवरुद्ध राजमार्गमा राजधानी भित्रिने सवारी साधनको लाइन दुई किलोमिटरभन्दा बढी पुगेको छ ।

बिहान ५ बजे थानकोटको पिपलामोडमा टेलर पल्टेको हो । चितवनबाट काठमाडौं आउँदै गरेको खाना पकाउने ग्यास सिलिण्डर बोकेको ना।७ ख ३९४९ नम्बरको टेलर कन्टेनर सडकमा पल्टिँदा दुबैतर्फको सडक बन्द भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन भने चालक र सहचालक फरार भएकाले राजमार्ग खुलाउन असहज भएको बताइन्छ । अहिले प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणको नेतृत्वमा प्रहरी टोलीले दुर्घटना भएको टेलर हटाउने र एकतर्फी भए पनि सडक खुलाउने प्रयास गरिएको बताइएको छ ।

टिप्पणीहरू