केपी ओलीसँगै कोमल वली पनि झापामा

केपी ओलीसँगै कोमल वली पनि झापामा

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नुभएको छ । उहाँको यसपटक दशैंको टीकाटालो छैन । तर पनि आज नवमीको दिन उहाँ विमानबाट भद्रपुर हुँदै गृहनगर दमक पुग्नुभएको छ ।

ओली अर्थात् बाको साथमा राष्ट्रिय सभाकी सांसद, पूर्वसमाचार वाचिका तथा चर्चित लोकगायिका कोमल वली पनि झापा पुग्नुभएको छ । अध्यक्ष ओली झापाको हुनुुहुन्छ भने सभासद वली दाङकी हुनुहुन्छ । कोमलको राष्ट्रिय सभामा कार्यकाल अर्को महिना कार्तिकमा सकिँदैछ ।

आफन्तको निधनका कारण उहाँको यसपटकको दशैं टीका रोकिएको हो । यसअघि उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र त्यसअघि बालकोट निवासमा आउने जति सबैलाई टीका लगाउने गर्नुहुन्थ्यो ।

गत वर्ष कोरोना महामारीका कारण ओलीले सर्वसाधारणलाई टीका लगाइदिनु भएको थिएन ।

टिप्पणीहरू