नेपाल साफको फाइनल प्रवेश

नेपाल साफको फाइनल प्रवेश

नेपाल जारी साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।

बंगलादेशले खेलको ९ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि नेपालका तर्फबाट पेनाल्टीमार्फत् अञ्जन विष्टले गोल गरेपछि नेपाल ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको हो । बंगलादेशी खेलाडी सुमन रेज्जाले हेडमार्फत् नेपाली गोल पोष्टमा पहिलो गोल गरेका थिए ।

माले रंगशालामा भएको आजको खेलमा नेपालले जित निकाल्न नसके पनि अंक तालिकाका आधारमा पहिलो पटक साफको फाइनल खेल्न लागेको हो हो ।

फाइनलमा अब नेपालसँग शनिबार भारत र माल्दिभ्समध्ये एक टोली हुने छ । फाइनल खेल्ने अर्को टोलीको टुङ्गो आजै लाग्नेछ ।

टिप्पणीहरू