सनराइज हाउजिङभित्र महिलाको लाश

सनराइज हाउजिङभित्र महिलाको लाश

ललितपुरको सनराइज हाउजिङमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । उनी हाउजिङको बेड रुममा आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

उक्त हाउजिङमा बस्दै आएकी काठमाडौंको त्रिपुरेश्वर घर भएकी ६० वर्षीया मोती रावल आज बिहान आफ्नै सुत्ने कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उता मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरा राई टोल बस्ने ४६ वर्षीया अनिता राई पनि आफ्नै सुत्ने कोठामा बिहान मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी बाराको बारागढी गाउँपालिका–३, सिपुरा टोलमा २८ वर्षीय जीतेन्द्रकुमार रायलाई पनि बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पारिएको छ ।

टिप्पणीहरू