गुडेर जानेझैँ उडेर जाने पनि ग्वार्ग्वाती

गुडेर जानेझैँ उडेर जाने पनि ग्वार्ग्वाती

दशैं मान्न राजधानी उपत्यकाबाट बाहिरी जिल्ला जानेहरुको लर्को बसपार्कमा मात्रै होइन काठमाडौं विमानस्थलमा पनि उस्तै देखिएको छ । हवाई मार्ग हुँदै हिजो एकै दिन झण्डै ८ हजारले काठमाडौं उपत्यका छाडेका छन् ।

यो संख्या आज र भोलि अझ बढ्ने बताइएको छ । उता,स्थलमार्ग हुँदै काठमाडौं छाड्नेको संख्या दैनिक एक लाखको हाराहारीपुग्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हिजो उपत्यकाबाट भएका कूल १ सय ५४ उडानमार्फत ७ हजार ८ सय ९९ जनाले उपत्यका छाडेका हुन् ।

हवाई मार्गबाट उपत्यका प्रवेश गर्नेको संख्या पनि तुलनात्मक रुपमा उत्तिकै रहेको बताइएको छ । हिजोमात्र हवाई मार्ग हुँदै ७ हजार २ सय २७ जना उपत्यका प्रवेश गरेका छन् । हिजो उपत्यका बाहिरका विमानस्थलबाट काठमाडौंको निम्ति जम्मा १ सय ५६ उडान भएका थिए ।

आज पनि उपत्यकाबाट बाहिरिन विमानस्थलमा चर्को भीड लागेको छ । विमानस्थल स्रोतका अनुसार आज उपत्यकाबाट १ सय ५४ उडान हुँदै छन् ।

टिप्पणीहरू