हिजो बुटवलमा को-को सुरक्षाकर्मी घाइते भए ?

हिजो बुटवलमा को-को सुरक्षाकर्मी घाइते भए ?

हिजो बुटवलको हिंसात्मक भिडन्तमा दुई दर्जन प्रहरी घाइते भएका छन् । मोतिपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रको सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै सयौंको संख्यामा रहेका सर्वसाधारणमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गोली प्रहार गर्दा चार जनाको ज्यान गएको छ ।

झण्डै डेढ दर्जन सर्वसाधारण सख्त घाइते भएको उक्त घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी चार दर्जन सुरक्षाकर्मी घाइते भएका हुन् । सशस्त्र प्रहरीतर्फ इन्सपेक्टरसहितका सुरक्षाकर्मी घाइते भएका छन् ।

नेपाल प्रहरीमा दुई जना महिला प्रहरीसहित २४ जना घाइते भएको गृह मन्त्रालय स्रोतले बताएको छ । प्रहरी नायव निरीक्षक नवीन चालिसेको टाउको फुटेको छ । अर्का नायव निरीक्षक बाबुराम घिमिरेको गोडामा गहिरो चोट लागेको छ ।

त्यसैगरी प्रहरी सहायक निरीक्षक विमला विक,जवानहरु गोविन्द चौधरी,विनोद परियार,मेघराज पुन, राकेश यादव,प्रदीप ठाकुर,भरत गचल मगर,खगेन्द्रप्रसाद यादव पनि सख्त घाइते भएका छन् । प्रहरी जवानहरु टेकबहादुर पल्ली,जितेन्द्र पुन,खगेन्द्रप्रसाद यादवको भने टाउकोमा चोट लागेको छ ।

अन्य जवानहरु अभिषेक बस्नेत, सुरेन्द्र रोकाय,रिजन थापा,झविन्द्र परियार,अनिता कुँवर,राज लौनिया, जगबिर पुन,सूर्यनाथ रेग्मी, जयकुमार चौधरी,बाबुराम घिमिरे, महेन्द्र वली र नीलशंकर केसीको पनि हात, कान र घाँटीमा गहिरो चोट लागेको छ ।

टिप्पणीहरू