माधव नेपालले मन्त्रीहरुलाई भन्नुभयो ‘रक्सी खाएको,मातेको र पाँच तारे होटल’ को कुरो सुन्नु नपरोस्

माधव नेपालले मन्त्रीहरुलाई भन्नुभयो ‘रक्सी खाएको,मातेको र पाँच तारे होटल’ को कुरो सुन्नु नपरोस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका मन्त्रीहरुलाई क्याबिनेटमा अरुभन्दा असल र चरित्रवान बनेर देखाउन निर्देशन दिनुभएको छ । उहाँले बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम नगर्न समेत पूर्व जानकारी गराउनुभएको छ ।

‘अब भने मौका आयो भन्दै पहिले यति पेग खाइन्थ्यो अब यति खाइन्छ भनेर फिट्टु भएको समाचार सुन्नु नपरोस् ।’

पार्टीको तर्फबाट शुक्रबार बनेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममा नेपालले भन्नुभयो, ‘कुनै पनि मन्त्रीले रक्सी खाएर,मातेर पाँच तारे होटलमा क्लाइन्टसँग कुरो मिलाएको सुन्नु नपरोस्, बरु त्यस्तो चाहना छ भने अहिले नै मन्त्री त्यागे हुन्छ ।’

मदिरापानप्रति निकै आक्रामक उहाँको भनाइ छ ‘अब भने मौका आयो भन्दै पहिले यति पेग खाइन्थ्यो अब यति खाइन्छ भनेर फिट्टु भएको समाचार सुन्नु नपरोस् ।’

उहाँले पार्टीसँग सल्लाह गरेर मात्रै योग्यता, क्षमता र कार्यसम्पादनको आधारमा सल्लाहकार, स्वकीय सचिव र राजनीतिक नियुक्ति गर्न मन्त्रीहरुलाई सुझाव दिनुभएको छ ।

टिप्पणीहरू