आत्महत्या गर्न उक्साएको भन्दै प्रिन्सिपल पक्राउ

आत्महत्या गर्न उक्साएको भन्दै प्रिन्सिपल पक्राउ

बाँकेको कोहलपुरस्थित दीपज्योति सेकेण्डरी स्कूलका प्रिन्सिपललाई आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफ्नै छात्रालाई मर्न बाध्य बनाएको आरोप प्रिन्सिपल दमन पाण्डेमाथि लागेको छ ।

सोही स्कूलबाट गएको वर्ष एसईई परीक्षा दिएकी एलिसा शाहले असोज ७ गते आत्महत्या गरेकी थिइन् । उनको आत्महत्यामा प्रिन्सिपल पाण्डेले दुरूत्साहन गरेको हुनसक्ने भन्दै प्रहरीले उनलाई समात्न कस्सिएको हो ।

मृतक एलिशा र प्रिन्सिपलवीच गुरु चेलीको नाताभन्दा माथि उठेर कुराकानी हुने गरेको पाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र प्रिन्सिपलवीच गुरु चेलीको नाताभन्दा माथि उठेर कुराकानी हुने गरेको पाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता अगाडि बढाइएको छ ।

टिप्पणीहरू