क-कसलाई कुन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री ?

क-कसलाई कुन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री ?

नेकपा एकीकृत समाजवादीले आफ्नो भागका ४ मन्त्रालयमा ५ जना नेतालाई समायोजन गरेको छ । जसअनुसार बिरोध खतिवडा र भवानी खापुङ्ग स्वास्थ्यमा मन्त्री र राज्यमन्त्री रहनुहुने छ । ठूलो मन्त्रालय भनेर यसरी दुई जनालाई त्यहाँ तोकिएको बताइन्छ ।

बिहानसम्म उक्त मन्त्रालयमा रामकुमारी झाँक्री जाने सल्लाह थियो । उहाँलाई अब पर्यटन तथा नागरिक उड्डयनतर्फ सारिएको छ भने प्रेम आलेले शहरी विकास र किसान श्रेष्ठले श्रम तथा रोजगार मन्त्रालय सम्हाल्ने गरी नाम प्रधानमन्त्रीसमक्ष पठाइएको छ ।

उता नेपाली काङ्ग्रेसले रामचन्द्र पौडेल खेमाबाट मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको नाम टुङ्याएको छ । यसैगरी कृष्णप्रसाद सिटौलाको कोटामा उमाकान्त चौधरीलाई पारिएको छ । स्वास्थ्य नेकपा समाजवादीको भागमा परेकाले त्यहाँबाट उमेश श्रेष्ठलाई अन्यत्र ब्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कानूनमा पुष्पा भुषाललाई नियुक्त गर्दा ज्ञानेन्द्रबहादुर कार्कीको सरुवा हुने निश्चित छ । महिला,बालबालिकामा उमाकान्तले पुरुष भएर महिला मन्त्रालय चलाउन जान्न भनिसकेको स्थिति छ ।

नारायण खड्काको परराष्ट्रमा नियुक्ति भएको भर्खरै हो । कृषि,खेलकुदमा उमाकान्त,उमेश,दिलेन्द्र बडुमध्येबाट नियुक्तिको सम्भावना देखिन्छ ।

टिप्पणीहरू