मँहगीले दशैंलाई दशा बनाइदियाे , गरिबकाे चुलो बल्न सकेन

मँहगीले दशैंलाई दशा बनाइदियाे , गरिबकाे चुलो बल्न सकेन

नेपालीको महान चाड दशैं घरदैलोमै आइसकेको छ । सबैतिर खुसीयाली छाएको छ । मौसमले पनि दशैं आएको प्रत्याभृति गराएको छ । दशैं संगसंगै सबैमा छृट्टै किसिमको उमंग देख्न सकिन्छ । दशैं सबैको लागि हो । सबैले मनाउने चााड हो । तर पैसा हुनेलाई मात्र दशैंको रौनक छ । आर्थिक स्थिति कमजोर भएकाहरुको दिनचर्या उही नै छ । न त दशैंको मतलब छ बस् मतलब छ त दुईछाक खान पाइन्छ कि पाइदैँन् ।

आफ्नो दश नड.ग्रा खियाउन काम पाइन्छ कि पाइदैन् । उनीहरुलाई त कुनै चाडबाड नै नआए राम्रोजस्तो भएको छ । नेपालमा धनी नै भनेर पनि त्यति धेरै मान्छे छैनन् । अधिकांश गरिबीको रेखामुनि बसेर आफ्नो जीवनयापन गरिरहेको छन् । जो मान्छे गरिबीको रेखामुनि रहेर आफ्नो गुजारा चलाइरहेका थिए । उनीहरु अहिले झनै गरिब भएका छन् । कारण हो, कोरोनाले बेरोजगार बनेका सर्वसाधारण । अर्को दिनैपिच्छेको बढ्दो मँहगी । यी दुई परिस्थितिले गर्दा भोकभोकै मर्नुपर्ने दिन आएको छ ।

तर गरिब र धनीलाई आउने दशैं त एउटै हो । दशैं भनेको वर्षको एकचोटि आउने चाड हो । अहिलेको बजार पनि भाउ गरिब र धनीले लागि बराबर छ । तर तलबमा चाहि किन समानता आउन सकेन् ? बोल्न सकेन् भनेर हो । आर्थिक स्थिति कमजोर भएर कसैले पढ्न सकेन् होला । तर उसले पनि आफ्नो दश नङ्ग्रा खियाएको छ । उसले पनि दिनरात नभनि मिहिनेत गरेको छ । त्यहीपनि यत्रो भेदभाव किन ? सरकारदेखि व्यापारीहरुले समेत अफिस गएर र ज्याला मजदृरी गरेर ल्याउनेलाई भेदभाव गरेको छ ।

ज्याला मजदृरी गर्नेलाई व्यापारीले हेर्ने दृष्टिकोण कस्तो छ ? चोरेर ल्याएको भन्दा रुखो बोलीवचन गर्दछ । तर त्यही सामान किन्न कृनै जागिरे आइपृग्यो भने उसलाई गर्ने व्यवहार नै छुट्टै छ । आखिरी सबैले तिर्ने त पैसा नै हो । ज्याला मजदृरी गर्नेले सित्तैमा मागेको त होइन् नि । अझै व्यापारीले सकेसम्म गरिबलाई ठग्न खोज्छ । किनकि ऊ सिधा छ उसलाई पढ्न आउदैन् । यसको फाइदा लिने नै व्यापारी हृन् । आवाज उठाउन सक्ने त व्यापारीका दाजुभाइ, इष्टमित्रमा परिहाल्छन् । त्यसैले व्यापारीले गरिबहरुसंग सक्दो रकम असुल्न खोज्छन् ।

गरिबहरुलाई दशैं आयो, के खाँउला, के पिँउला, छोराछोरीले के किनिदिउँला भन्ने चिन्ताले पिरोलिरहेको छ । ज्याला मजदृरी गर्नेले त सरसापटी पनि पाउदैन् । गरिबहरु पनि मान्छे हृन् तर सरकारले नै उनीहरुलाई गनेको छैन् । गरिबहरुले जहिले पनि सोध्ने एउटै प्रश्न सरकार पनि छ र ? नसोधुन् पनि किन आजसम्म सरकारबाट उनीहरुले के नै पाएका छन् । गरिबहरुले गर्दा यत्रो देशविकास भयो । तैपनि सरकारले नदेखे झै गप्यो । पढेलेखेको जति जम्मै अन्त्यैतिर हृइकिहाले ।

जसले देशविकास गर्न यत्रो योगदान गरे । उनीहरुको लागि सरकारले केही गर्न नसक्नु सरकारको लाचारीतापनको प्रमाण हो । गरिब जनताले पनि नेपाल सरकारलाई कर तिरेको छन् । त्यही गरिब जनताले तिरेको करबाट देशको प्रधानमन्त्रीदेखि राष्ट्रपतिले मोजमस्ती गरेका छन् । अरुको कृरै छोड्दैऔ गरिब जनताले तिरेकै करबाट सरकारको हरेक निकायमा बस्नेले समेत त्यही गरिबको दृःखपसिनाले तिरेको करबाट मोजमस्ती गरेको छन् । तर गरिब जनतालाई दिनुपर्ने सेवासृविधाबाट राज्य किन चुक्यो त ? दशैंको नाममा नेपाल सरकार र व्यापारीहरुले हामी गरिब जनताहरुलाई दशा निम्त्याइदिएका छन् ।

के धनी मात्र देशका नागरिक हृन् । सरकारको नै यस्तो सोचाइ छ भने पहिला आफ्नो इतिहास पल्टाऔं । आफु कहाँ र कुन परिस्थितिबाट आएका थियौ त्यो हेर । बाटोबाटो हिडेर आफ्नो देशको जनताको स्थिति हेर । अनि मात्र तिमीहरुलाई गरिबीको अर्थ थाहा हुन्छ । तिम्रा देशका जनताहरु आफ्नो पेट भर्नको लागि कतिसम्म संघर्ष गरिरहेको छन् । मँहगी कहाँबाट कहाँ पुगिसक्यौ थाहा पाउछौ । जनताले तिरेको करबाट करौडौको गाडी चढेर मात्र देशको राट्र्पति र प्रधानमन्त्री होइदैन् ।

त्यत्रा कर्मचारीलाई अनुगमन गर्न पनि तलब दिएको छौ । खोइ त कहिले पनि बजार अनुगमन गर्न निस्किएको देखिदैन् । एकसाता अघि र पछिको सामानको भाउ हेर्ने हो भने आश्चर्य लाग्छ । प्रत्येक साता एउटा सामानमा पचास रुपिँयासम्म बढेको छ । अनि कसरी खाने ? पैसा रुखमा फल्छ र ? यो एउटा जिल्लामा बसोवास गर्ने जनताको मात्र समस्या होइन् । देशैभरिको जनताले मँहगीको सामना गर्नुपरेको छ । अनुगमन गर्ने कर्मचारी र राजनितिक दल सबै व्यापारीले किनिसकेको छन् ।

त्यसैले पनि नेपालको विकास होला भनेर नसोच्दा पनि हृन्छ । यस्तै हो भने अब केही वर्षपछि व्यवसायीले नै देश चलाउछन् । हरेक सामानको मुल्यवृद्धि भएको छ । चामल, दाल, माछामासृ, दृग्धजन्य पदार्थ, चाउचाउ, तेल, गेडागुडी, चिनी, बिस्कृट, चकलेट यी सबै खाध सामग्री छोइनसक्नु भएको छ । हरियो तरकारीको भाउ पनि निकै महँगिएको छ । बिचौलियाको कारण पनि तरकारीको भाउ आकाशिएको हो ।

किसान त हिजोपनि उचित मुल्य पाउन सकेका थिएनन् आज पनि पाएका छैनन् । कमाउने भनेकै बिचमा बसेका बिचौलियाहरुले हो । सरकारले माछामासृको मुल्य निर्धारण गरेको छ । तर निर्धारित मुल्यमा जनताले माछामासु उपभोग गर्न पाएको छन् । मुल्य निर्धारण गर्ने अनुगमन नगर्ने । यो त व्यापारीलाई जनता ठग भनेर हौसला दिएजस्तो भएको छ । लत्ताकपडाको पनि त्यस्तै छ । दशैं त जनतालाई होइन् व्यापारीलाई मात्र लागेको छ । एउटा साधारण कपडा किनेर लाउन नसक्ने स्थिति आइसकेको छ ।

सरकार पनि कान कोट्टाएर बसेको छ । जनता महँगीमै डुबेर मर्नुपर्ने भएको छ । कतिपयको घरमा चुलो बल्न छोडिसकेको छ । जृन मँहगी र गरिबी हामीले देखिरहेको छौ । सरकारले किन देखिरहेको छैन् ? हामी कसरी बाँच्ने, कसरी चाडबाड मनाउने ? सरकारको कमकमजोरीको कारण हामी भोकभोकै बस्नुपर्ने भएको छ । दशैं मनाउन चाहिने सबै सामान महँगिएको छ । मरमसलादखि लिएर माछामासु सम्मको भाउ निरन्तर उकालो लागिरहेको छ । तेलको सट्टा पानी हालेर तरकारी पकाउनपर्ने दिन आएको छ ।

फलफुल, हरियो तरकारी देखि रासनपानीको अचाक्ली मुल्यवृद्धि भएको छ । माछामासृ काट्ने ठाँउ पनि त्यस्तै फोहोर छ । तीबाट रोग लाग्न सक्ने हो के भन्ने चिन्ता छृटटै छ । बिरामी भइयो भने अस्पतालको शृल्क तिरिसक्नु छैन् । औषधीदेखि लिएर चेकअप फिसमा अस्पतालको मनोमानी छ । दशैंको मुखमा आएर सरकारले व्यवसायीको हितमा रहेर अर्को पनि काम गरेको छ । तर यसबाट करौडौं जनता सिधै मारमा परेको छन् । लामो र छोटो रुटमा चल्ने सवारी साधनको भाँडा बढाइदियो । सरकारले जहिलेपनि व्यवसायीको हितमा रहेर काम गरेको छ भन्ने कुरा पुष्टि गर्न हरेक जनता लाई सजिलो भइसकेको छ ।

यो वर्षको दशैं जनतालाई पोहोरको दशैभन्दा पाँच सय गुणा मँहगो परेको छ । जसले अनुगमन गरेर कारबाही गर्ने आँट गर्दैन् त्यस्ताले भाउ बढाउने आँट गर्नपनि उचित नहोला । जहिलेपनि व्यापारीसंग मिलेर जनताको ढाड सेक्ने काम पनि राम्रो होइन् । सरकार जहिलेपनि जनतालाई थिचोमिचो गर्ने काम नगर । अहिलेसम्म नेपाली जनता चुप लागेर बसेका छन् कुन दिन फुट्छन् । फुटेको नेपाली जनतालाई सरकारले समेट्न पनि नसक्ला । यसबारे पहिल्यै सोचविचार गर सरकार ।

टिप्पणीहरू