गाड्दा गाड्दै बलात्कृत भारतीय युवतीको शव कब्जामा

गाड्दा गाड्दै बलात्कृत भारतीय युवतीको शव कब्जामा

वीरगन्जमा प्रहरीले गाड्न लागेकै अवस्थावीच एक भारतीय युवतीको शव नियन्त्रणमा लिएको छ । वीरगन्जको मुर्लीस्थित कब्रिस्तानमा गाड्न लागेकै अवस्थामा भारत घर भएकी अन्दाजी १८ वर्षिया एक मुस्लिम युवतीको शव नियन्त्रणमा लिइएको हो ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

“शव तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ र पोष्टमार्टमको रिपोर्ट नआएसम्म केहि भन्न सकिँदैन,” खनालले बताए । मृत युवती जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालिम मियाँका कान्छा छोरा जाकिरकी आफ्नै साली भएको बताउँदै यसमा क- कसको संलग्नता छ भन्नेबारे अनुसन्धान जारी छ ।

युवती केहि समयदेखि दिदी भिनाजुसँग बस्दै आएकी थिइन्। हाल अनुसन्धानका लागि ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र केहि चाहिँ फरार रहेको बत एको छ।

टिप्पणीहरू