विराटनगर उच्चमा न्यायाधीश श्रेष्ठले गरे रेकर्ड ‘ब्रेक’ दुई बर्ष पुराना मुद्दा शून्य

विराटनगर उच्चमा न्यायाधीश श्रेष्ठले गरे रेकर्ड ‘ब्रेक’ दुई बर्ष पुराना मुद्दा शून्य

उच्च अदालतका विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले मुद्दा फछ्र्योटमा इतिहास रचेका छन् । श्रेष्ठले यस आर्थिक बर्षमा एक्लै सात सय तीन थान मुद्दाको छिनोफानो गर्न सफल भएका छन् ।

उनी संलग्न इजलासले आर्थिक वर्ष २०७७/७८ मा सात सय तीन वटा मुद्दा छिनेका हुन् । संभवतः देशैभरका उच्च अदालतमध्ये यस बर्षको सर्बाधिक रेकर्ड हो । यस आर्थिक बर्षमा श्रेष्ठ नेतृत्वको विराटनगर उच्च अदालतले दुई वर्ष अवधि नाघेका मुद्दाको संख्यासमेत शून्यमा पु¥याएका छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा विराटनगर उच्च अदालतले कूल मुद्दाको ५८ प्रतिशत मुद्दाको टुंगो लगाएको छ । यस अदालतमा अघिल्लो आर्थिक बर्षबाट एक हजार ६ सय ७० वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए ।

नयाँ दर्ता भएका र पुराना गरी कूल तीन हजार ६ सय ६१ वटा मुद्दा थिए । ति मध्ये यस आर्थिक बर्षमा दुई हजार एक सय आठ वटा मुद्दा छिनिएको छ । यस अदालतको कामकारबाहीले सेवाग्राहीमा न्यायमा छिटोछरितो र पहुँचको आसा जगाएको छ ।

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दा एक सय ३३ मुद्दा रहेको उक्त अदालतले जनाएको छ । तर ति सबै मुद्दाको टुंगो लागेको छ ।

यस्तै उच्च अदालत विराटनगरकै न्यायाधीश मिलनकुमार राईले पाँच सय ३८ र न्यायाधीश तेजनारायण सिंह राईले पाँच सय चार वटा मुद्दा फछ्र्योट गरेको जनाइएको छ ।

उच्च अदालत विराटनगरमा निःशुल्क कानुनी सहायता कक्ष स्थापना, न्यायमा पहुँच अभिवृद्धि, पीडितहरूलाई क्षतिपूर्ति भराउने काममा तदारूकता, सांकेतिक भाषा र देभाषेहरूको व्यवस्था, कर्मचारीहरूलाई समय समयमा प्रशिक्षण दिइएकोे जनाइएको छ ।

यस्तै झगडियाहरूले घरमै बसेर तारेख लिन पाउने, फैसलाहरूको घरबाटै विद्युतीय जानकारी लिने तथा विद्युतीय टोकनको समेत व्यवस्था गरिएको छ ।

टिप्पणीहरू