किन कर्मचारी खटाएनौ कालापानीमा ?

किन कर्मचारी खटाएनौ कालापानीमा ?

केपी ओली सरकारको पालामा जारी भएको चुच्चे नक्साले चर्चेको लिपुलेक र कालापानी क्षेत्रमा जनगणनाका लागि कर्मचारी नपठाएकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ ।

देशको सँसदले सर्वसम्मतिमा आफ्नो भनेको भूमिमा गणक नपठाउनु लाजमर्दो भएको अखिलको दावी छ । नेकपाएमाले सम्वध्द अखिल अध्यक्ष सुनिता बरालले सुगौली सन्धि र त्यसका प्रमाणको आधारमा उक्त भूमि नेपालको प्रमाणित हुँदा पनि सरकारले त्यहाँ जनगणना गर्न गणक नपठाउनुलाई सरकारको कमजोरी ठहर्याएकी हुन् ।

टिप्पणीहरू