नेकपा एमालेद्वारा चिया खुवाउन थालियो

नेपालीहरुको महान् चाड दशैं तथा शुभ दीपावलीको अवसर पारेर नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ । मध्य बानेश्वरस्थित कृष्ण भोग पार्टी प्यालेसमा बोलाइएको कार्यक्रम वडा कमिटीले आयोजना गरेको हो ।

कमिटी इन्चार्ज लक्ष्मीनारायण महर्जनको अध्यक्षतामा कार्यक्रम शुरु भएको हो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्य रहेको छ ।

काठमाडौं क्षेत्र नं १ का सांसद गणेशप्रसाद दुलाल,३१ वडा अध्यक्ष नारायण भण्डारी,नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ,बागमती प्रदेश कमिटी सदस्य विदुर मैनाली,बागमती प्रदेश कमिटी सदस्य तुलसी पौडेल, महानगर कमिटी सदस्य प्रभा मैनाली ,११नं वडा अध्यक्ष योगेन्द्र श्रेष्ठलगायत ६ दर्जनको उपस्थिति रहेको छ ।

टिप्पणीहरू