भानुभक्तले एमाले छाडे,माधवसङ्ग भेट्न बानेश्वर पुगे

भानुभक्तले एमाले छाडे,माधवसङ्ग भेट्न बानेश्वर पुगे

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने गरी उक्त पार्टीको बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा शुरु हुन लागेको स्थायी समिति बैठकमा पुगेका छन् ।

पूर्व वनमन्त्रीसमेत रहेका जोशी सुदूर पश्चिम एमालेका लोकप्रिय नेता हुन् । जोशी सुदूर पश्चिममा पुष्पलालद्वारा प्रशिक्षित थोरै नेता मध्येमा पर्दछन् ।

लामो समय पुष्पलालको नेतृत्वमा सक्रिय जोशी २०४२ सालमा तत्कालीन नेकपा मालेमा प्रवेश गरेका थिए । बाजुराका जोशी शिक्षक राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेर साँसद र मन्त्री भइसकेका नेता हुन् ।

टिप्पणीहरू