पोखराका मेयरको दर्दनाक कहानी,शरीरको देब्रे भागले गरेन काम

पोखराका मेयरको दर्दनाक कहानी,शरीरको देब्रे भागले गरेन काम

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी महिनौंदेखि सिकिस्त हुनुहुन्छ । शुरुमा रक्तचाप कम भएको देखिएकाले स्थानीय अस्पतालमा उपचार गरिएको र पछि देब्रे भाग पूरै नचल्ने भएको हो ।

पोखरामा ठीक नभएपछि काठमाडौं ल्याएर बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गरियो । अहिले नजिकै गोल्फुटारस्थित छोरीको घरमा राखेर स्वास्थ्यलाभ गराइँदैछ ।

एमालेबाट निर्वाचित जिसी पार्टीमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको पक्ष हुनुहुन्छ । तर, बिरामी भएको महिनौं बितिसक्दा अध्यक्षले सामान्य टेलिफोन सोधनीसम्म नगरेको र अन्य नेता तथा कार्यकर्ताले समेत वास्ता नगरेको बताइन्छ । ‘सबै जनाले राम्रो र सारसुहाउँदो अवस्थामा मात्र खोज्दा रहेछन्,पार्टीभित्र पनि त्यहि रहेछ,’ दुःख व्यक्त गर्दै एक जना नातेदारले भने ।

‘सबै जनाले राम्रो र सारसुहाउँदो अवस्थामा मात्र खोज्दा रहेछन्,पार्टीभित्र पनि त्यहि रहेछ,’ दुःख व्यक्त गर्दै एक जना नातेदारले भने ।

पारिवारिक स्रोतले भनेको छ, ‘खर्चबर्च र स्वास्थ्य अवस्थाबारे सोध्न पनि कोही आएका छैनन् । अहिले जिसीका छोरासमेत बिरामी हुनुुहुन्छ । उहाँलाई पनि मानसिक समस्या देखिएको छ । श्रीमतीको भर्खरै मुटुको अपरेसन गरिएकाले उहाँसमेत बिरामी हालतमा हुनुुहुन्छ । परिवारको बिजोग छ ।’

भौगोलिक हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरपालिकाका मेयरको पारिवारिक स्वास्थ्य र आर्थिक अवस्था डाँवाडोल भएको बताइन्छ । जिसीनिकट एक जना नेताले भनेका छन्, ‘मेयर साहेब अरु झैँ पैसा जोगाड गर्नेतिर लाग्नुभएन । कार्यालयबाट नियमानुसार प्राप्त हुने तलब र सुविधाबाहेक अन्यत्र उहाँले आँखा लगाउनुभएन ।’साउन १ गतेदेखि सिकिस्त बिरामी हुँदा महानगरमा कार्यवाहकको जिम्मेवारी दिनेबारे कसैले केही पनि हालसम्म कुरोसमेत नउठाउनु अर्को अचम्म भएको बताइन्छ । धेरै दिनपछि हिजो पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उहाँलाई भेट्न गोल्फुटार जानुभएको थियो । अहिलेसम्म उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र भेट्ने एमाले नेतामा गुरुङ सबैभन्दा ठूलो नेता हुनुहुन्छ ।

अहिले जिसीका छोरासमेत बिरामी हुनुुहुन्छ । उहाँलाई पनि मानसिक समस्या देखिएको छ । श्रीमतीको भर्खरै मुटुको अपरेसन गरिएकाले उहाँसमेत बिरामी हालतमा हुनुुहुन्छ । परिवारको बिजोग छ ।’

टाउकोको ठूलो शल्यक्रियापछि जिसीको टाउको अहिले पूरै सिलाइएको छ । डाक्टरले बिस्तारै घाउ पारिएको ठाउँ पुरिने बताएकाले यो साताभित्र पोखरा फर्किने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामो समयसम्म मेयर बिरामी परेपछि उपमेयरलाई कार्यवाहक नदिइएकाले स्थानीय सबै काम र निर्णय चौपट भएको पोखरेलीहरुले बताएका छन् । पार्टीले समेत त्यसतर्फ खासै चासो नदिनुलाई सबैले अचम्म मानेका छन् ।

टाउकोको ठूलो शल्यक्रियापछि जिसीको टाउको अहिले पूरै सिलाइएको छ ।

महानगरपालिकाको ३३ वटा वडाका हजारौं उपभोक्ता समितिहरु अहिले मारमा परेका छन् । उपभोक्ता समितिहरुले असारमा सकाएको कामको भुक्तानी हुन सकेको छैन । असारमा सकिएको कामको भुक्तानीको निम्ति मेयरको अध्यक्षतामा रहेको समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ । मेयर बिरामी परेको र उपमेयरलाई कार्यवाहक नदिइएकाले त्यो काम रोकिएको हो ।

मेयर बिरामी भएकै कारण पोखरा महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलबसमेत खान पाएका छैनन् । मेयरले दस्तखत नगरेसम्म तलब र आर्थिक हिसाब किताबको निकासा नहुने भएकाले उक्त कार्यसमेत रोकिएको छ । अन्य धेरै वटा फाइल उहाँको टेबुलमा थुप्रिएको छ तर निर्णय गर्नुपर्ने मेयर महिनौंदेखि ओछ्यान पर्दा कसैलाई वास्ता छैन ।

टिप्पणीहरू