लागूऔषधका तीन कारोवारी दुईतिरबाट समातिए

लागूऔषधका तीन कारोवारी दुईतिरबाट समातिए

धादिङ र कास्कीबाट लागुऔषधका कारोबारी समातिएका छन् । धुनिबेशी नगरपालिका-९ खत्रीपौवास्थित सडकबाट करिब १ केजी ९ सय ६० ग्राम चरेशजस्तो देखिने खैरो पदार्थसहित २ जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-७ पाखुरेका ३७ वर्षीय चन्द्रबहादुर स्याङ्तान र सोही ठाउँका ३० वर्षीय राम स्याङ्तान रहेका छन् ।

प्रहरीका अनुसार मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ५५७० नम्बरको टाटा सुमोलाई अस्थायी प्रहरी पोष्ट खत्रिपौवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त परिमाणको लागुऔषध परेपछि उनीहरु समातिएका हुन् ।

यता, पोखरामा पनि प्रहरीले साढे तीन किलो गाँजासहित एक व्यक्तिलाई पक्रेको छ । पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट गाँजासहित गोरखाको गोरखा नगरपालिका-४ नारेश्वरका १९ वर्षीय शीतल मालभुल हिजो समातिएका हुन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ६२६६ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू