सीताको आत्महत्या नभै हत्या भन्दै सडक जाम,थुप्रै घाइते

सीताको आत्महत्या नभै हत्या भन्दै सडक जाम,थुप्रै घाइते

रुपन्देही तिलोत्तमामा एक महिना अघि ज्यान गुमाएकी सीता भण्डारीको मृत्युलाई मोबाइलमा सुसाइड नोट फेला परेको हवाला दिँदै टुङ्ग्याउन खोजिएपछि आज अपरान्ह सडकमा ओर्लिएका स्थानीय र प्रहरीवीच बुटवलमा झडप भएको छ ।

मणिग्राम चोकमा धर्ना बसेका आफन्त र स्थानीयमाथि प्रहरी खनिदा भएको झडपमा १० स्थानीय र ४ सुरक्षाकर्मी घाइते भएका छन् ।

माइती पक्षले ४ बजेदेखि यातायात बन्द गराएकोमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीको हस्तक्षेप पश्चात सडक राती अबेरदेखि खुलेको छ ।

धर्नामा बसेका १६० बढि स्थानीय माथि धरपकड हुन थालेपछि तिनले त्यहीँबाट गृहमन्त्री रहेका बालकृष्ण खाँणको पुत्ला जलाएका थिए ।

खाँण मन्त्री बनेदेखि नै रुपन्देही गएका छैनन् । उमेर अन्तरका सीताको मृत्यु नभएर श्रीमानले हत्या गरेको आफन्तहरुको आरोप छ ।

उनको भदौ २० गते आफ्नै कोठामा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

टिप्पणीहरू