जनताको बहुदलीय जनवाद एन्टीव्यालेष्टिक मिसाइल हो- केपी ओली

जनताको बहुदलीय जनवाद एन्टीव्यालेष्टिक मिसाइल हो- केपी ओली

एमाले अध्यक्ष केपी ओलीले एमालेले अवलम्वन गर्दै आएको जनताको बहुदलीय जनवाद नेपालको कम्युनिष्ट आन्दोलनका लागि एन्टीव्यालेष्टिक क्षेप्यास्त्र भएको बताएका छन् ।

प्रथम विधान महाधिवेशनमा आफ्नो प्रस्तावमाथि उठेका प्रश्नहरुको उत्तरु दिँदै ओलीले जननेता मदन भण्डारीले जबज प्रस्तुत गरेर मार्क्सवाद मर्यो भन्नेहरुलाई गतिलो उत्तर दिएको बताएका छन् ।

पुँजीवादीहरुले छरेका भ्रमहरु चिर्दै एमाले जबजकै आलोकमा यहाँसम्म आइपुगेको दावी ओलीको रहेको छ । एमालेमा जबज अनुरुप ढल्न नसकेकाहरु अलिअलि मतभेद आउँदा पार्टीमा बस्न नसकेको आरोप उनले लगाएका छन् ।

माधव नेपालको नामै नलिई ओलीले पार्टीको कद उँचो पार्नेभन्दा आफ्नो कद बढाउने व्यक्तिवाद हावी भएकाहरु उछिट्टिएको दावी गरे । ओलीले आफ्नो मृत्यु पर्खिएकाहरुले एमालेलाई विभाजित गराउन खोजेको बताउँदै आफू नाफाको जीवन बाँचेको उद्घोषसमेत गरे ।

जबजको मार्गदर्शनमा समाजवाद निर्माण गर्नु आफ्नो दायित्व हो- ओलीले भने ।

टिप्पणीहरू