बागमती प्रदेश प्रमुख शर्मा स्वास्थ्य संकटमुक्त

बागमती प्रदेश प्रमुख शर्मा स्वास्थ्य संकटमुक्त

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई दुईसाता लामो अस्पताल बसाईबाट डिस्चार्ज गरिएको छ । ७ वर्षदेखि मुटुसम्बन्धी समस्या भोग्दै आइरहनु भएका शर्मालाई असोज ४ गते अस्पताल लगिएको थियो ।

उहाँका प्रमुख स्वकीय उपसचिव पारशमणि फुयालका अनुुसार प्रमुख शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज गरिएको हो ।

प्रदेश प्रमुख शर्मा सफल उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनु भएको छ । शर्माले आफ्नो उपचारमा भूमिका खेल्ने चिकित्सकहरुप्रति आभार ब्यक्त गर्नु भएको सचिवालयले जनाएको छ । ‘उपचारपछि पूर्ण रुपमा घरमै पूर्ण रुपमा स्वास्थ्य लाभ गरिरहेको छु ।’

प्रदेश प्रमुख शर्माले भन्नुभयो,‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’ प्रमुख शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका तीन वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रमुख शर्मा असोज १९ गते स्वास्थ्य फलोअपपछि नियमित काममा फर्कनुहुने बताइएको छ ।

टिप्पणीहरू