आज कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै

आज कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै

आज मुलुकभर गत २४ घण्टामा ८ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९८ जनामा पीसीआर तथा २ हजार ६ सय २१ जनामा एन्टिजेन गरी ८ हजार २ सय १९ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट ९ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ५७ पुगेको छ । यसबीचमा १ हजार १ सय २३ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६ हजार ३ सय ७१ जना होम र १ हजार २ सय ७१ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ५० जनाको आइसीयु र १ सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ३९ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू