राष्ट्रपतिले उद्घाटन गर्नुभएको कार्यक्रम सकियो

राष्ट्रपतिले उद्घाटन गर्नुभएको कार्यक्रम सकियो

काठमाडौंको राष्ट्रिय सभागृहमा बोलाइएको जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद् सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम उद्घाटन गर्दै जनताको आर्थिक र सांस्कृतिक विकासका लागि जिल्ला समन्वय समितिको अवधारणा ल्याइएको बताउनुभएको छ ।

उहाँले यसले मुख्यतया कृषि, उद्यमशील क्षेत्रको विकास गरी देशको आर्थिक अवस्थालाई बढोत्तरी गर्न सहयोग पुर्याउने विश्वास लिनुभएको हो । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष सन्तबहादुर तामाङले जिल्ला समन्वय समितिले स्थानीय तह र प्रदेश तहवीच पुलको काम गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै, नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जुले स्थानीय व्यवस्था र कार्यान्वयनका लागि अझै व्यवस्थापन गर्नु पर्ने आवश्यकता औंल्याउनुभएको छ ।

टिप्पणीहरू