भ्रष्टाचारको मुध्दा छिन्न कुन कुन श्रीमानले भ्याउने ?

भ्रष्टाचारको मुध्दा छिन्न कुन कुन श्रीमानले भ्याउने ?

सम्भवत: आगामी सोमबार बस्ने न्यायपरिषद बैठकले भ्रष्टाचारसम्बन्धी सबैखाले मुध्दा हेर्ने विशेष अदालतका अध्यक्षसहित पदाधिकारी नियुक्त गर्ने संकेत मिलेको छ । दुई महिनादेखि अध्यक्ष नहुँदा नेतृत्वविहीन बनेको विशेष अदालतमा न्यायपरिषदले अध्यक्षसहितका पदाधिकारी सिफारिस गर्न लागेको हो ।

न्यायपरिषद वैठकको पूर्वसन्ध्यामा विशेषमा जाने सम्भावित न्यायाधीशबारे चर्चासमेत हुन थालेको छ। विशेषमा अध्यक्षसहित ६ जना रहन्छन् । यसअघिका अध्यक्ष प्रेमराज कार्कीलाई इलाम पठाईएपछि अध्यक्ष पद रिक्त छ । सोमवार न्यायपरिषद्ले नियुक्ति सिफारिस गरे उच्च अदालत पाटनका न्यायाधीश माधव पोखरेलको अध्यक्षमा बढी सम्भावना रहेको बताइन्छ ।

त्यस्तै, नेपालगन्ज उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन, न्यायाधीश सारंगा सुवेदी,प्रेमराज ढकाल,दिपायलमा कार्यरत टेकनारायण कुँवर सदस्य रहने र अहिले विशेष अदालतमै रहेका न्यायाधीश अब्दुल अजिज मुसलमानको बढुवा हुने चर्चा पनि छ ।

सदस्यका दावेदारमध्ये न्यायाधीश कुलप्रसाद शर्मा र बासुदेव आचार्यको पनि सम्भावना रहेको बताइन्छ । अच्युत भण्डारीको पनि सदस्यमा चर्चा छ । चितवन घर भएका न्यायाधीश भण्डारी भरतपुरको मतपत्र च्यातिएको काण्डमा रेणु दाहाललाई सर्वोच्चबाट मुध्दा जिताउने पुरुषोत्तम श्रीमानका भाइ हुन् ।

अध्यक्षसहित चार जना सदस्य रिक्त हुँदा अहिले विशेषमा दुई जना मात्र न्यायाधीश छन् । गत वर्ष ल्याइएका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेले विशेष अदालत धानिरहेका छन् ।

भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा न्यायाधीश नहुँदा मुद्दा प्रभावित भएको चर्को गुनासोका बीच न्यायपरिषदले तीन-तीन जनाको दुई वटा बेञ्च बस्न मिल्नेगरी ६ जना न्यायाधीश नियुक्तिको तयारी गरेको बुझिएको छ ।

टिप्पणीहरू