आज राष्ट्रपति,ओली र प्रचण्ड तीनतिर

आज राष्ट्रपति,ओली र प्रचण्ड तीनतिर

आज राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन जनाले राजधानीमा तीन वटा कार्यक्रमलाई तीनतिर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले बिहान ११ बजे राष्ट्रिय सभागृहमा जिल्ला समन्वय समिति महासंघ नेपालको उद्घाटन गर्ने,त्यति नै बेला एमाले अध्यक्षले ललितपुरको गोदावरीमा विधान महाधिवेशन उद्घाटन गर्ने र दाहालले दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान,कमलादीमा एउटा गीति स्रंग्रह विमोचन गर्ने कार्यक्रम छ ।

काँग्रेस मुख्यालय,सानेपामा आज पनि धर्ना र अनसन हुने भएको छ । नेपाली काँग्रेस रौतहटले क्रियाशील सदस्यता वितरणमा भएको धाँधली विरुध्द गर्दै आएको बिरोध कार्यक्रमलाई आज पनि निरन्तरता दिएको हो ।

महेश बस्नेतको टोलीले अध्यक्ष केपी शर्मा ओलीलाई मोटरसाइकल सुरक्षा घेराबीच ललितपुरको गोदावरीसम्म लैजान बिहान १० बजे सूर्य विनायकमा भेला बोलाएको छ । त्यसपछि मोटरसाइकलको सुरक्षाघेरामा ओलीलाई गोदावरी पुर्याइने छ ।

नेपाल वायुसेवा निगमको मुख्यालयमा आज पनि युनियनहरुले धर्ना र नाराबाजी गर्ने जनाएका छन् । कार्यक्रम बिहान साढे १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म हुनेछ ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु स्थायी कमिटीको पहिलो पूर्ण बैठक बोलाइएको छ । बिहान ११ बजे बोलाइएको कार्यक्रम आर्यन पार्टी प्यालेस,थापागाउँमा हुने छ ।

उता इपिएस भाषा उत्तिर्ण गरेर पनि कोरिया जान नपाएकाहरुले बिरोध कार्यक्रम राखेका छन् । उनीहरुले ग्वार्कोमा चन्दा संकलन बाकस थापेर प्रदर्शन गर्न लागेका हुन् ।

चीनमा अध्ययन गरेका तर नेपालमा इन्टर्नसिप गर्न नपाएका चिकित्साशास्त्रका विद्यार्थीहरुले आज पनि माइतीघर मण्डलामा बिहान ११ बजे बिरोध गर्ने जनाएका छन् । सन् २०१५ को ब्याचका विद्यार्थीहरुमात्र उक्त अवसरबाट वञ्चित भएको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको बन्द सत्र बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) कर्णाली प्रदेश सम्पर्क कमिटीले प्रथम भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । कार्यक्रम युनिभर्सल ब्याङ्क्वेट, सुकेधारामा दिउँसो १२ बजे राखिएको हो ।

नेकपा (विप्लव) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले हालै पोखरामा सम्पन्न गरेको २२ औं राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्दैछ ।

नेपालका लागि नेपाली पार्टीले दशैंको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको छ । कार्यक्रम दिउँसो १ बजे पार्टी कार्यालय,शंखपार्क,महाराजगञ्जमा हुनेछ ।

युथ काँग्रेस नेपालले स्यानिटरी प्याडमा गरेको करबृध्दिको विरोधमा प्रदर्शन गर्ने भएको छ । दिउँसो ४ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने युथ काँग्रेसले जानकारी दिएको छ ।

टिप्पणीहरू