अनि भीम र घनश्यामलाई यतिसम्म भन्नुभयो ओलीले

अनि भीम र घनश्यामलाई यतिसम्म भन्नुभयो ओलीले

केपी ओलीले नरम शैलीमा कडा कुरा गर्नुभयो । १० भाइ ट्वाल्लमात्रै परे, केही बोलेनन् । उहाँले भन्नुभयो, ‘अनि, अहिले पनि किन ढोका खुल्ला छ भनेर साथीहरुले कुरा उठाउनुभएको ?’  हालै सम्पन्न एमाले स्थायी कमिटी बैठकमा यस्तो भएको हो । बैठकमा ‘एकताको ढोका खुल्लै राखौँ’ भन्ने कुरा १० मध्येका एकजनाले राखे । त्यसपछि केपीले भन्नुभयो, ‘समस्या के थियो त ? फागुन २३ पछि केही समस्या थिएन । उहाँ (माधव) वरिष्ठ नेता नै हुनुहुन्थ्यो । महाधिवेशन गर्नु नै थियो । बैठकमा बोलाउँदा पनि आउनुभएन । आयोजक कमिटी नबनाई पनि भएको थिएन ।

तर, उहाँ किन बाहिरिनुभयो ? त्यसपछि पार्टी सरकार ढाल्न कांग्रेस, माओवादीसँग मिलेर, अनि कांग्रेसलाई प्रधानमन्त्री बनाएको कुरामा गर्व गरेर हिँड्ने ? यस्तो मान्छेलाई पार्टीमा स्वागत गर्नुप¥यो, ढोका खुल्लै राख्नुप¥यो भनेर के भन्नुभएको ?’ यसपछि ‘संगठनात्मक प्रस्तावबारे अध्यक्षले बोल्नुहुन्छ भन्ने अपेक्षा राखेको छु’ भनेर विष्णु पौडेलले बोल्नुभयो । अध्यक्ष ओलीले सुन्नुभयो, तर जवाफ दिनुभएन । तीन उपाध्यक्षलाई बढाएर सात बनाउने, पदाधिकारी जम्मा १४ सदस्यीय बनाउने, त्यसभित्रबाट आधीलाई दोस्रो दर्जामा परिणत गर्दै छानेर सात जनाको न्युक्लियस बनाउने प्रस्ताव थियो । ती कुरामाथि कुनै जवाफ वा सुनुवाई भएन ।

उमेर हद ७० बारे न कसैले हटाउने, घटाउने र बढाउने नै कुरा निकाले, न केपीले त्यसमा चासो नै दिनुभयो । ७० वर्षे उमेर हद लागु हुँदा केशव बडाल र अमृत बोहोरा यसैपालिको महाधिवेशनबाट कार्यकारी पदमा बस्न पाउनुहुन्न । तर, उहाँहरु सल्लाहकार परिषद्मा बस्न सक्ने व्यवस्था गरिएको छ । बैठकमा महिला उपाध्यक्ष राख्नुपर्ने कुरा आएको थियो । केपी त्यसमा पनि मौन रहनुभयो ।

घनश्यामले ‘स्थायी कमिटीमा २० मीनेटमात्रै समय पाएँ, मेरो कुरा पूरा भएकै थिएन’ भन्नुभयो । ओलीले भन्नुभयो, ‘छोट्याउनुस् †’ खासमा घनश्यामले अध्यक्षले बोलिसकेपछि समय मागेका कारण नपाएको बताइन्छ । केपीले भन्नुभयो, ‘तपाईंको कुरा सुनियो त । बोलिरहनुपर्छ र ? लिखितै छ नि ।’ अचम्म त के भयो भने, केपी ओलीले नै बैठकमा भन्नुभयो ‘कोही–कसैमाथि घोचपेचको भाषा नबोलौँ । घटनाविशेषमा जान थाल्यौँ भने हाम्रा मतहरु मिल्दैनन् । महाधिवेशनमा पनि चुनाव गर्ने कुरा नगरौँ । सिमेन्ट, छड राखेर घर बनाएको हुन्छ ।

तर, नजमुन्जेल टेको लगाएको हुन्छ । पार्टीमा पनि एकता जमिसकेको छैन । चुनावमा गयौँ भने माओवादीबाट आउनुभएका वा एकता प्रक्रियामा मिसिनुभएका साथीहरु नआउन सक्नुहुन्छ ।’ यसपछि माओवादीबाट आएका बाग्लुङे लीला थापाले ‘मिलाएर जानुपर्छ’ भने ।

केन्द्रीय कमिटी बैठकको अन्तिम दिन भीम रावल अनुपस्थित भएको भनेर ठूलै चर्चा भयो । तर, उहाँले दाँत बनाउने समय लिएको भन्दै केपीसँग बिदा माग्नुभएको थियो । स्थायी कमिटीको बैठकमा विष्णु पौडेलको प्रस्तावमा भिमले फरक मत राख्नुभयो । विष्णुको प्रस्ताव थियो, ‘प्रवासमा पार्टी कमिटी नबनाउने ।’ भीम रावलले भन्नुभयो, ‘प्रवासका साथीहरुसँग लिनेमात्रै छ, दिने केही भएन । भएको पार्टी कमिटी पनि खोस्ने कुरा नगरौँ ।’

बैठकमा प्रदेश कमिटीको अध्यक्ष पदेन केन्द्रीय सदस्य हुने व्यवस्था गरौँ भन्ने कुरा उठ्यो । विष्णुले ‘त्यसो भए सबै निर्वाचित अध्यक्ष माथिल्लो कमिटीको पदेन सदस्य हुने बनाउनुप¥यो’ भन्नुभयो । भीमले ‘त्यसो भए पदेन सदस्य हुनेलाई मताधिकार नदिऔँ’ भन्नुभयो ।

खासमा माधव नेपालको साथ छोडेका नेताहरु ओलीले जे भन्नुहुन्छ, त्यो मानेर बस्ने गरी गएका हुन् । माधवको साथ छोडेर गएपछि केपीसँग लडेर लिन्छौँ भन्ने नैतिक धरातल नै हुँदैन भन्नेहरु बालकोट छेउछाउमै छन् । किनभने, त्यहाँ माधवलाई छोडेर जानेहरुलाई केपीले आफ्ना आठ–दशजनापछि राख्नुभएको छ ।

ओलीपछि साथ, सहयोगका हिसावले सुवास नेम्वाङ, ईश्वर पोखरेलहरु हुन् । शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीभन्दा माथि न भीम रावल छन्, न अष्टलक्ष्मी न त युवराज ज्ञवाली, घनश्याम, योगेशहरु नै । उनीहरुसँग बाल्कोटमा साँझ बिहान बोलाएर महाधिवेशन प्रक्रिया वा कुनै कामका सन्दभएमा बैठकबाहेक कुनै सरसल्लाह हुँदैन ।

जस्तो कि, ओलीले ‘जबज सिद्धान्त बनेको छैन’ भन्नुभयो । घनश्यामले ‘बनाऔँ न त’ भन्दा ओलीले ‘त्यो प्रक्रियामा म छैन’ भनेर कुरा टार्नुभयो । योचाहिँ ओलीले ‘म भएपछि बन्छ’ भन्न खोजेको हो । फेरि घनश्याम जवजको जहिल्यै विरोधी ।

त्यसैले अहिले १० भाइ संसद विघटन असंवैधानिक थियो भन्न पनि नसक्ने ठाउँमा पुगेका छन् । उनीहरुले सर्वोच्चमा दायर गरेको रिट गल्ती भयो, शेरबहादुर देउवालाई समर्थन गर्नु भूलभयो भन्नुपर्ने अवस्था छ । किनभने, उनीहरुसँग संगठित शक्ति पनि भएन । जो–जो छन्, एक्लाएक्लै हुने भए । मुद्दाका आधारमा समूह बन्दैन भन्ने ठहरमा उनीहरु नै पुगेका हुन् ।

तर, पार्टी बन्ने नै विचारका आधारमा हो । माक्र्सवादी पार्टीमा विचार समूह बन्छ, गुट अलग कुरा हो । केपी ओलीले विचारशून्यतातिर एमालेलाई डो¥याउनुभयो । ‘माक्र्सवाद, जवज भनेको धर्मशास्त्र हो, त्यसमा प्रश्न हुँदैन’ भनेजस्तो व्यवहार उहाँले यसचोटिकै बैठकमा देखाउनुभएको छ । खासमा प्रश्न उठ्ने भनेको विज्ञानमा हो, धर्मशास्त्रमा होइन ।

एमालेमा केपी ओलीविरुद्ध प्रश्न उठाउन पाइँदैन भन्ने कुरा यसचोटि पनि देखाइएको छ । मुद्दाका आधारमा विभाजन हुन पनि पाइँदैन भनिएको छ । अर्थात्, केपीले जे भन्नुहुन्छ, त्यही हुन्छ भन्ने कुरा मानेर १० भाइले अब थालमा दिएको थाप्नुपर्ने अवस्था छ ।

टिप्पणीहरू