खाना खान बाटो काट्दा सह चालक ठहरै

खाना खान बाटो काट्दा सह चालक ठहरै

प्रदेश नम्बर १ को ईलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् ।

हिजो राती पौने १० बजेतिर ट्रकबाट ओर्लिएर खाना खान बाटो काट्ने क्रममा उनलाई ना ५ ख ४९८७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । मृतक नेपाल अर्को ट्रकमा सह चालकको काम गर्थे ।

प्रहरीले ठक्कर दिने ट्रक र चालक पाँचथरका ३४ वर्षीय सुकमान राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू