भारत सरकारका पूर्व नेपाल डेस्क प्रमुख काठमाडौंमा

भारत सरकारका पूर्व नेपाल डेस्क प्रमुख काठमाडौंमा

भारतीय विदेश मन्त्रालयका निवर्तमान प्रवक्ता अनुराग श्रीवास्तव आज दिउँसो काठमाडौं ओर्लिएका छन् । तीन सदस्यीय टोलीको नेतृत्व गर्दै उनी ४ दिनको लागि नेपाल आएको बताइएको छ ।

श्रीवास्तव भारतीय विदेश मन्त्रालयको नेपाल र भूटान डेस्क हेर्ने पूर्व प्रमुख हुन् । नेपाल भ्रमणको निम्ति आएको बताइए पनि अनुरागको भ्रमणको विस्तृत विवरण र टोली सदस्यबारे केही पनि खुलाइएको छैन ।

भारतीय राजदूत विनयमोहन क्वात्रा एक महिनादेखि नेपाल बाहिर छन् । यस्तो अवस्थामा पूर्व प्रवक्ताको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू