एमालेमा रोल्पाली कुमार कमरेडले कम्मर कसे

नेकपा एमालेमा १० बुँदे कार्यान्वयन समितिको बैठक बसिरहेको छ । एमाले परित्याग गरेका ५५ केन्द्रीय सदस्यको रिक्त स्थानमा थपिने केन्द्रीय सदस्यमध्ये लुम्बिनी प्रदेशका हकमा छलफल भइरहेको छ ।

लुम्बिनी प्रदेशबाट रोल्पाका कुमार दसौदीको नाममा सहमति भइसकेको श्रोतले दावी गरेको छ । लुम्बिनीका प्रदेश साँसद कमल श्रेष्ठ र विष्णु पन्थीको नाममा भने यस अगाडि नै सहमति भएकोले आज धेरै छलफल नभएको बताइएको छ ।

अहिले अर्घाखाँचीका चन्द्र खड्का र गुल्मीकी मैना भण्डारीका नाममा छलफल भइरहेको श्रोतले बताएको छ ।

टिप्पणीहरू