​भन्ने एकथोक, गर्ने अर्कै ?

ठमेलका व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको गुनासोका आधारमा पक्राउ परेका सुशील गुरुङसहित पाँच–सात जनाको टोलीलाई प्रहरीबृत्त, सोह्रखुट्टेले सामान्य तारेखमा छाड्न खोज्यो । यसरी आपराधिक कसुर भएका व्यक्ति यति सजिलै छुटाइन खोज्नुमा भ्याली प्रहरी प्रमुख रहेका एआईजी जयबहादुर चन्दको आदेश कारक थियो ।

प्रहरी रेकर्ड अनुसार ज्यानमार्ने उद्योगमा पक्राउ परेर कारवाही भोगेका सुशील अवैद्य हातहतियार तथा विभिन्न गुण्डागर्दी प्रकरणमा समेत परिसकेका व्यक्ति हुन् । निर्वाचनको पूर्वसन्ध्यामा साथै राजधानीमा अशान्त वातावरण बढीरहेका बेला यस्ता गुण्डालाई खोजीखोजी पक्राउ गर्नु पर्नेमा उल्टै एआईजी चन्दले छाड्ने आदेश दिँदा तल्लो तहका प्रहरी निराश देखिएका छन् । केही दिन अघि मात्रै जयबहादुरले गुण्डालाई नछाड्न र इन्काउन्टर गर्न समेत खुलेआम प्रहरी अधिकारीको व्रिफीङ कार्यक्रममा निर्देशन दिएका थिए । निर्देशन एकातिर व्यवहार अर्काेतिर भएको भन्दै भ्यालीका प्रहरी अधिकारी निराश देखिएका हुन् ।

– निराश प्रहरीहरु

टिप्पणीहरू