श्रीमती मार्ने श्रीमान समातिए

श्रीमती मार्ने श्रीमान समातिए

बाँकेमा श्रीमती कुटेर मारेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती लक्ष्मीरुपा न्यौपानेलाई कुटेर मारेको अभियोगमा कोहलपुर नगरपालिका ३,भगरिया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने समातिएका हुन् ।

कुटपिटपछि गम्भीर घाइते भएकी लक्ष्मीको मेडिकल कलेज, कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले प्रकाशलाई पक्राउ गरेको छ ।

कुटपिट र श्रीमतीको मृत्युको कारणबारे केही पनि खुलाइएको छैन ।

टिप्पणीहरू