दुवै रुकुममा काँग्रेसको पालिका स्तरिय नयाँ नेतृत्व चयन

दुवै रुकुममा काँग्रेसको पालिका स्तरिय नयाँ नेतृत्व चयन

नेपाली काँग्रेस रुकुम पश्चिम र रुकुम पूर्वको शनिबार सम्पन्न प्रथम नगर तथा गाउँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नेपाली काँग्रेस रुकुम पूर्वले सबै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने रुकुम पश्चिमको मुसिकोट नगरपलिका बाहेक सबै पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ । रुकुम पूर्वका तीन गाउँपालिका, रुकुम पश्चिमका ३ नगरपालिका र ३ गाउँपालिकामा शनिबार अधिवेशन सम्पन्न भएको हो ।

रुकुम पूर्व

शनिबार अबेर सम्पन्न भएको प्रथम अधिबेशनबाट रुकुम पूर्वको सिस्ने गाउँपालिकाको सभापतिमा मदन बिसी चयन हुनुभएको छ । सिस्नेको उप सभापतिमा बचन झाँक्री र गोबिन्द शाह, सचिवमा हेमन्त खत्री र भक्तबहादुर दमाई, सह सचिवमा अर्जीत हमाल र प्रेम शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी जिल्लाको भूमे गाउँपालिकाको सभापतिमा दिनेश रोका सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको उप सभापतिमा प्रेम पुन र कमला ओली खड्का, सचिवमा शिशिर पुन र विरेन्द्रकुमार घर्ती, सह सचिवमा राजकुमार बुढा र हरी पुनलाई चयन गरिएको बताईएको छ ।पुथाउत्तरगंगा गाउँपालिकाको सभापतिमा शतस बुढा चयन हुनुभएको छ भने उप सभापतिमा बिरवल रोका र मायापुरा बिक, सचिवमा जुनकुमारी बिक र नरेश पुन, सह सचिवमा श्याम बुढा र गीता सुनार चयन हुनुभएको नेपाली काँग्रेस रुकुम पूर्वका सभापति केशरमान रोकाले जानकारी दिनुभयो ।

रुकुम पश्चिम

रुकुम पश्चिममा सर्वाधिक चासोपूर्वक हेरिएको नेपाली काँग्रेस मुसिकोटको नगर सभापतिमा प्रेमबहादुर ओली निर्वाचित हुनुभएको छ ।नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन अन्तर्गत भएको प्रथम नगर अधिवेशनबाट उहाँ सभापति पदमा निर्वाचित हुनुभएको हो ।

शनिबार अबेर सम्म भएको मतगणनाबाट उहाँले १ सय ६० मत पाएर विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्धन्दी समिरजंग मल्लले ६६ मत प्राप्त गर्नुभएको थियो । जम्मा २ सय ४८ मतदाता रहेको मुसिकोट नगर अधिवेशनमा २ सय ३७ मत खसेको निर्वाचन समितिले जनाएको छ । ९ ओटा मत भने बदर भएका थिए ।

त्यसैगरी सर्वसम्मतिबाट चौरजहारी नगर सभापतिमा प्रेमबहादुर ओली, आठबिसकोट नगर सभापतिमा अमृत बोहरा चयन हुनुभएको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिकामा जनक कुमार बाँठा, सानीभेरी गाउँपालिकामा सन्तोष रोका र त्रिवेणी गाउँपालिकामा दिपेन्द्र ओली सभापतिमा निर्विरोध हुनुभएको बताईएको छ ।

टिप्पणीहरू